आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/२०८१ को बितरणयोग्य मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
लघुवित्तको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा बितरण हुनेछ।

Leave a Comment